• २०८१ बैशाख ८ शनिबार

पशुपति प्रसाद-२ को छायांकन ५६औं दिनमा सकियो

kharibot

काठमाडौँ । बहुप्रतिक्षित नेपाली फिल्म पशुपति प्रसाद-२ को छायांकन ५६औं दिनमा सकिएको छ । 

दीपेन्द्र के. खनालको निर्देशनमा बनिरहेको यस फिल्म विहिबार अन्तिम क्ल्याप सम्पन्न भएको हो  । 

यसअघि एक महिनाको शुटिंग सेड्युल राखिएको भए पनि फिल्मको छायांकन अवधि लम्बिँदा फिल्मको बजेटपनि २ करोडबाट करिब ४ करोड पुगेको बताइएको छ ।

आगामी दशैँको फूलपातीमा रिलिज गर्ने लक्ष्य राखिएको यस फिल्म सुपरहिट फिल्मको सिक्वेल भएकाले दर्शकले साथ दिने अपेक्षा गरिएको छ ।

यो फिल्म २०७३ सालको सफल फिल्म ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेल हो । यस फिल्ममा विपिन कार्कीका साथै सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगरलगायतको अभिनय रहेको छ ।

खगेन्द्र लामिछानेले निर्माण गरेको फिल्मलाई उनी स्वयंले लेखेका हुन् । फिल्मको विभिन्न देशमा प्रदर्शन अधिकार विक्री भैसकेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै