• २०८१ जेठ ५ शनिबार

हारसँगै प्लेअफको दौडबाट बाहिरियो पञ्जाब किंग्स

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत राजस्थान रोयल्सले पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ ।

पञ्जाबले दिएको १८८ रनको लक्ष्य पछाएको राजस्थानले १९.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाउदै १८७ रन बनाएको थियो ।

यो हारसँगै पञ्जाब किंग्स प्लेअफको दौडबाट बाहिरिएको छ । पञ्जाबको १४ खेलमा १२ अंक भएको छ र अंकतालिकामा आठौ स्थानमा रहदै यस सिजनको आइपिएलको यात्रा टुंगाएको छ ।

त्यसैगरी राजस्थान रोयलको १४ खेलमा १४ अंक भएको छ र अंकतालिकामा पाँचौं स्थानमा रहेको छ । अब राजस्थानको प्लेअफको यात्रा अन्य टिमको प्रदर्शनमा भरपर्ने छ । यद्यपी राजस्थानको प्लेअफको सम्भावना भने निकै कम रहेको छ ।

जारी आइपिएलमा अहिलेसम्म गुजरात टाइटन्स मात्र प्लेअफमा पुगेको छ भने पञ्जाबसहित दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद प्लेअफको दौडबाट बाहिरिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै