• २०८१ बैशाख १४ शुक्रबार

लेइपजिंगसँग हार्यो बायर्न, उपाधि दौडमा धक्का

kharibot

काठमाडौँ । बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिख पराजित भएको छ । गएराती सम्पन्न खेलमा आरबी लेइपजिंगले बायर्न म्युनिखलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

आरबी लेइपजिंगको जितमा कोनार्ड लाइमर, क्रिस्टोफर एन्कुनकु र डोमिनिक स्जोबोसलाईले एक एक गोल गरेका थिए । त्यसैगरी बायर्नका लागि सेर्गी ग्नाब्रीले एक गोल गरेका थिए ।

यो हारपछि बायर्न म्युनिखलाई उपाधि जितको दौडमा धक्का लाग्ने देखिएको छ । यो हारले बायर्नले यस सिजनको उपाधि जित्ने सम्भावना घटेको छ । अब बायर्न लिगको अन्तिम खेल खेल्न बाँकी रहेको छ । बायर्नको ३३ खेलमा ६८ अंक भएको छ ।

त्यस्तै एक खेल कम खेलेको डोर्टमण्डको ३२ खेलमा ६७ अंक रहेको छ । डोर्टमण्डले आज हुने अगसबर्गविरुद्धको खेल जितेमा शिर्ष स्थानमा उक्लिने छ । त्यसैगरी आरबी लेइपजिंगको भने ३३ खेलमा ६३ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै