• २०८० फाल्गुण २० आइतबार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

kharibot

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको जनाएको छ । महासंघले सोमबारको मूल्यसूची तय गर्दै सुनको मूल्य स्थिर रहेको जनाएको हो । 

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । आइतबार पनि यही मूल्यमा सुन कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य भने घटेको छ । महासंघले सोमबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम भएको जनाएको छ ।  आइतबार यसको मूल्य तोलामा १३ सय ८५ रुपैयाँ कायम थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै