• २०८१ जेठ १ मंगलबार

काभा महिला भलिबलः नेपाल समूह उपविजेता 

kharibot

काठमाडौं । एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतले नेपाललाई पराजित गरेको छ । 

बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा भारतले नेपाललाई ३–१ को सेटमा पराजित गरेको हो । 

भारतले पहिलो सेट २५–१२ ले, दोस्रो सेट २६–२४, तेश्रो सेट २१–२५ र चौथो जितेको छ । यो जितसँगै भारत समुह ए को विजेता बनेको छ । नेपाल समूह उपविजेता बन्यो । 

च्यालेन्ज कपमा ८ राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

जितसँगै समूह 'ए' को भारत ३ खेलमा ९ अंक शीर्ष स्थानमा रहेको छ । पराजित नेपाल ३ खेलबाट ६ अंक जोडेर दोस्रो रहेको छ ।

समूह ए को उपविजेता बनेको नेपालले शुक्रबार हुने सेमिफाइनल खेलमा समूह बी को विजेता काजकिस्तानसँग खेल्नेछ ।

समूह ए को विजेता भारतले सेमिफाइनल खेलमा समूह बी को उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ । 

प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा काजकिस्तान र किर्गिस्तानले जित निकालेका छन् ।  बुधबारको अन्तिम खेलमा माल्दिभ्स र श्रीलंका खेल्ने छन् । 

समूह एमा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान रहेको छ । अर्को समूहमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन् ।

दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै