काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मुल्य एक हजार रुपैयाँले ओरालो लागेको छ ।
बिहीबार सुनको मुल्य तोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा काराेबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँ किनबेच भएको थियो । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।