• २०८१ बैशाख ७ शुक्रबार

जोर्डी अल्बाले बार्सिलोना छोड्दै

kharibot

काठमाडौं । बार्सिलोनाका रक्षक जोर्डी अल्बाले क्लब छाड्ने पक्कापक्की भएको छ ।

स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाका ३४ वर्षीय लेफ्ट ब्याक अल्बाले यस सिजनको अन्त्यसँगै बार्सिलोना छाड्ने पक्कापक्की भएको हो । उनले बार्सिलोनामा झन्डै ११ बर्ष बिताएका छन् । 

बीबीसी स्पोर्ट्सका अनुसार बार्सिलोना र अल्बाबीच सम्झौता अन्त्य गर्नका लागि सहमती भइसकेको छ ।

बार्सिलोनाका लागि अल्बाले ६ ला लिगा, पाँच कोपा डेल रे र एक च्याम्पियन्स लिग जिताउनका लागि मुख्य भुमिका खेल्ने खेलाडीको रुपमा अब स्मरण गरिने छ, बार्सिलोनका लागि उनको योगदान अतुलनीय छ, बीबीसीले भनेको छ ।

यस सिजनमाा मात्रै अल्बाले २९ लिग खेल खेल खेलेका थिए । उनले बार्सिलोनावाट चार सय ५८ खेलमा सहभागी जनाएका थिए । स्पेनिस रक्षक अल्बा सन् २०१२ मा ला लिगाको अर्को क्लब भ्यालेन्सियाबाट बार्सिलोना भित्रिएका हुन् । 

बार्सिलोना छाडन लागेका उनले यसपछि के गर्छन ? त्यो भने खुल्न सकेको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै