• २०८१ जेठ २ बुधबार

भारतीय संसदमा लुम्बिनी र कपिलबस्तु समावेश गरेर अखण्ड भारतको तस्बीर

kharibot

काठमाडौं । भारतले आफनो नयाँ संसद भवनमा राखिएको भिते चित्रमा अंकित भौगलिक पहिचानप्रति चासो ब्यक्त भएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उदघाटन गरेको संसद भवनमा अंकित भित्तेचित्रमा नेपालको कपिलबस्तु र लुम्बिनीलाई पनि भारतीय भुमी झै दर्शाउने गरी अंकित गरेपछि आलोचना शुरु भएको छ । 

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली भुमि लुम्बिनी र कपिलबस्तुलाई नै भारतीय भुमि झै उल्लेख गर्ने बिषयले दुई देशका बिचमा आपसी कुटनीतिक सबन्धमा दरार आउनेसक्ने जनाएका छन् ।

‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्ते चित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ, यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना छ,’ उनले भनेका छन, ‘भारतीय राजनीतिक नेतृत्वले यस भित्तिचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर सञ्चार गर्नु बुद्धिमानी हुनेछ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै