काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को आधिकारिक डिजिटल स्ट्रिमिङ साझेदार जियो सिनेमामा फाइनल खेल एक साथ तीन करोड २० लाखले हेरेका छन् ।
मिडिया रिपोर्टका अनुसार यो विश्वमा कुनै पनि लाइभ स्ट्रिमिङ कार्यक्रमको लागि सबैभन्दा धेरै दर्शकले हेरेको रेकर्ड हो ।
यसअघि यसै सिजनको आईपीएलको क्वालिफायर-२ मा गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीचको खेल २ करोड ५७ लाख दर्शकले एक साथ हेरेका थिए ।
आइपिएलमा पूर्व डिजिटल स्ट्रिमिङ साझेदार डिज्नी हटस्टारमा जुलाई २०१९ मा एक क्रिकेट खेलको लागी २ करोड ५० लाख दर्शकले हेरेको रेकर्ड थियो । यो रेकर्ड धेरै वर्षसम्म कसैले तोड्न सकेनन् । यो खेल एकदिवसीय विश्वकप २०१९ को सेमिफाइनल खेल थियो, जसमा भारत र न्यूजिल्याण्ड आमनेसामने भएका थिए ।
त्यस्तै यसै सिजनको आइपिएलको १७औं खेलमा रेकर्ड २ करोड २० लाख मानिसले एकसाथ हेरेका थिए । चेन्नई र राजस्थानबीचको यस खेलमा जब एमएस धोनी ब्याटिङ गर्न आए, जियो सिनेमामा खेल हेर्ने दर्शकको संख्या रेकर्ड २२ मिलियन पुगेको थियो ।
यस सिजनको आइपिएलको उपाधि भने चेन्नईले गुजरातलाई हराउदै पाँचौं पटक जितेको थियो ।