• २०८१ बैशाख १५ शनिबार

रोनाल्डो बिना अल नासर विजयी

kharibot

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले आफ्नो अन्तिम खेल जितेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल फातेहलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

क्रिस्टियानो रोनाल्डो नखेलेको यस खेलमा टेलिस्काले दुई गोल गरेका थिए भने मोहमद मारानले एक गोल गरेका थिए । यस खेलमा रोनाल्डो खेलेका थिएनन् ।

योसँगै अल नासर यस सिजनमा साउदी प्रो लिगमा दोस्रो भएको छ । अल नासरको ३० खेलमा ६७ अंक रहेको छ । त्यस्तै यस सिजनको लिग विजेता अल इतिहादको ३० खेलमा ७२ अंक भएको छ ।

दोस्रो स्थानमा रहेसँगै अल नासरले एएफसी च्याम्पियन्स लिगको क्यालिफायर खेल्ने अवसर पाउने छ । त्यस्तै लिग विजेता इतिहाद भने एएफसी च्याम्पियन्स लिगको समुह चरणमा स्वत छनौट भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै