काठमाडौँ । अर्जेन्टिनामा जारी फिफा यू-२० विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ ।
गएराती सम्पन्न राउण्ड १६ का खेलहरुपछि क्वाटरफाइनलमा पुग्ने ८ देशको टुंगो लागेको छ ।
आयोजक अर्जेन्टिना भने राउण्ड १६ बाटै बाहिरिएको छ । अर्जेन्टिनालाई नाइजेरियाले २-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै इङल्याण्ड पनि राउण्ड १६ बाटै बाहिरिएको छ । इङल्याण्ड इटालीसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको हो ।
क्वाटरफाइनलमा इटाली, नाइजेरिया, ब्राजिल, उरुग्वे, इजरायल, कोलम्बिया, दक्षिण कोरिया र अमेरिका पुगेका छन् ।
अब क्वाटरफाइनलमा ब्राजिलले इजरायलको सामना गर्ने छ भने इटालीले कोलोम्बियाको सामना गर्ने छ । दुवै खेल शनिबार हुने छन् ।
त्यस्तै आइतबार हुने क्वाटरफाइनलमा नाइजेरियाले दक्षिण कोरियाको सामना गर्ने छ भने उरुग्वेले अमेरिकाको सामना गर्ने छ ।