• २०८१ बैशाख २० बिहीबार

सीटीईभीटीका कर्मचारी सवार जिप सुनकोशीमा खस्यो

kharibot

फाइल तस्बीर

सिन्धुली । भक्तपुरबाट खोटाङ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को जिप सुनकोशी नदीमा खसेको छ । बा १ झ ७४६७ नम्बरको जिप मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनमा शुक्रबार मध्याह्न दुर्घटनामा परेको हो ।

जिपमा सीटीईभीटीका निर्देशकहरु कृष्ण केसी, यमप्रसाद भुर्तेल, प्राविधिक अधिकृत भानु पौडेल र ड्राइभर कृष्ण चौधरीसहित ४ जना जिपमा सवार थिए । उनीहरू काठमाडौंबाट खोटाङ जिल्लाका प्राविधिक शिक्षालयको अनुगमनमा जाँदै गरेको सीटीईभीटीले जनाएको छ ।

प्रहरीका अनुसार जिपका ड्राइभर कृष्ण चौधरी झ्यालबाट हाम फालेर बच्न सफल भएका छन् । नदीमा बेपत्ताहरुको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै