• २०८१ बैशाख २६ बुधबार

ब्राजिललाई स्तब्ध पार्दै इजरायल यू-२० विश्वकपको सेमिफाइनलमा

kharibot

काठमाडौँ । इजरायल फिफा यू-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

अर्जेन्टिनामा जारी यू-२० विश्वकपको क्वाटरफाइनलमा इजरायलले ब्राजिललाई स्तब्ध पर्दै सेमिफाइनलमा पुगेको हो ।

इजरायलले ब्राजिललाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै देशले २-२ गोल गरेपछि अतिरिक्त समयमा इजरायलले गोल गर्दै खेल जितेको थियो ।

इजरायलका लागि खालाईली, शिब्ली र थुर्गेम्यानले एक एक गोल गरेका थिए । त्यस्तै ब्राजिलका लागि मार्कोस लियोनार्दो र माथेएस नासकिमेन्टोले एक एक गोल गरेका थिए ।

अब इजरायलले सेमिफाइनलमा अमेरिका र उरुग्वेबीचको विजेतासँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै