• २०८१ जेठ ५ शनिबार

सहमतिका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्छः डा रिजाल

kharibot

फाइल तस्विर । 

बुटवल । नेपाली कांँग्रेसका नेता डा मीनेन्द्र रिजालले सरकारका गतिविधि लोकतन्त्र विरोधी भएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लबले आज आयोजना गरेको कार्यक्रममा उनले वाम सरकार तानाशाही बन्ने कोशिशमा लागेको टिप्पणी गर्दै सरकारले धम्काउँदै र तर्साउँदै हिँडेको आरोप पनि लगाए । 

काँग्रेसका केन्द्रीय सदस्य डा रिजालले काँग्रेसभित्र असहमति गर्ने बेला नभएर पार्टी एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिए । काँग्रेसमा बहुमत र अल्पमतका आधारमा निर्णय गर्ने परिपाटी अन्त्य गर्नुपर्ने सुझाव उनले दिए । 

काँग्रेसमा पदाधिकारी नियुक्तिका बेला छलफल गरेर जान पार्टी सभापति देउवालाई सुझाव दिँदै उनले भने , “एकलौटी निर्णय भए मान्य हुँदैन, सहमतिका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्छ ।”

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै