काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले चीनसँग फराकिलो हार बेहोरेको छ । म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपाललाई चीनले ५-० गोल अन्तरले हराएको हो ।
नेपालको यो लगातार दोस्रो हार हो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा म्यान्मारसँग ५-० गोल अन्तरले नै हार बेहोरेको थियो ।
चीनको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ५-० ले पराजित भएको थियो ।
पहिलो खेलमा चीनले चाईनिज ताइपेलाई १-० ले हराएको थियो ।छनोटको समूह 'बी' को नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । चीन ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
अब नेपालले अन्तिम खेलमा शनिबार चाईनिज ताइपेसँग खेल्नेछ ।
प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । समूह 'बी' मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।