• २०८१ बैशाख १४ शुक्रबार

इतिहादमा बेन्जमालाई भव्य स्वागत

kharibot

काठमाडौँ । फ्रेन्च फरवार्ड करिम बेन्जमालाई अल इतिहादमा भव्य स्वागत गरिएको छ ।

गएराती बेन्जमालाई जेदाहस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा इतिहादका ६० हजार फ्यानको अगाडी बेन्जमालाई प्रस्तुत गरिएको थियो ।

सो अवसरमा बेन्जमाले २०२२ मा जितेको बेलुन डो अर अवार्डसहित बेन्जमालाई प्रस्तुत गरिएको थियो ।

बेन्जमाले आफ्नो १४ बर्षको रियल म्याड्रिडको यात्रामा पूर्णविराम लगाउदै साउदी क्लब अल इतिहादमा आएका हुन् । उनलाई इतिहादले प्रतिसिजन २१३ मिलियन डलरमा भित्र्याएको हो । यस सिजनको साउदी च्याम्पियन रहेको इतिहाद आउदो सिजनमा पनि आफ्नो जितलाई निरन्तरता दिन बेन्जमालाई भित्र्याएको बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै