• २०८१ बैशाख १५ शनिबार

टेलर स्वीफ्टसँग डेटमा दिलजित !

kharibot

मुम्बई । प्रख्यात अमेरिकी गायिका टेलर स्विफ्टका लागि यो वर्ष निकै उतारचढावपूर्ण छ । लामो समयदेखि जो अल्विनसँग डेट गरिरहेकी गायिकाले यो वर्ष आफ्नो सम्बन्धलाई तोडिन् । अहिले टेलरको नाम पञ्जाबी गायक तथा अभिनेता दिलजित दोसाँझसँग जोडिएको छ ।

उनीहरुलाई वेनक्यूवरको एक रेष्टुरेन्टमा सँगै भेटिएपछि उनीहरुको डेटको चर्चाले बजार तताएको हो । गायक तथा अभिनेता दिलजीत कुनै ग्लोबल आइकन भन्दा कम छैनन् । उनी कोचेला फिल्म फेस्टिभलमा प्रदर्शन गर्ने पहिलो सेलिब्रेटी हुन् । ‘लवर’, ‘पीचेस’ र ‘लेमनेड’ जस्ता गीतका लागि चर्चित दिलजीतको फ्यान फलोइङ उच्च छ । यसबाहेक उनले ‘गुड न्यूज’, ‘जोगी’ र ‘हौसला रख’ जस्ता फिल्ममा अभिनय कला पनि देखाएका छन् ।

यहीबीचमा टेलरसँगको डेटका विषयमा उनले मुख खोलेका छन् । उनले ट्वीट गर्दै ‘गोपनियता नामको पनि कुनै वस्तु हुन्छ’ भनी उल्लेख गरेका छन् । तर, टेलर र दिलजीतलाई प्रत्यक्ष देख्नेले यो जोडी वेनक्यूवरको केक्टस क्लब क्याफे कोल हारबरमा सँगै भेटिएको दाबी गरेका छन् ।

उनीहरु एकअर्कासँग हाँस्दै नजिक बनेको प्रत्यक्षदर्शीको भनाई छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै