• २०८१ जेठ १ मंगलबार

कालिकोटमा शनिवार राति जीप दुर्घटना, तीनको मृत्यु

kharibot

कालिकोट । कालीकोटमा भएको जिप दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ ।

शुभकालिका गाउँपालिकाको चौकी बजारबाट हाउडी आउँदै गरेको जीप चिसापानीमा शनिबार राति साढे ११ बजे दुर्घटना हुदाँ तीनजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुबराज बमका अनुसार लु १ च८४९८ नम्बरको जिप सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेको थियो । उनका अनुसार सो दुर्घटनामा परी ज्यान गुमाउनेमा जिप चालक स्थानीय ३० वर्षीय हर्क विक, शुभकालिका गाउँपालिका– ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले घर भएका अन्दाजी २५ वर्षीय गोपाल सलामी मगर रहेका छन् ।

सो दुर्घटना कसरी भयो, त्यो हालसम्म नखुलेको उनले जनाएका छन् । अनुसन्धान जारी रहेको उनले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै