• २०८१ बैशाख १५ शनिबार

विद्यार्थीद्वारा प्याब्सन र एनप्याब्सनमा तालाबन्दी

kharibot

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले आज निजी विद्यालयको चर्को शुल्क वृद्धि फिर्ता गरिनुपर्ने माग राख्दै देशभरका निजी विद्यालयको संगठनको कार्यालयमा तालाबन्दी गरेका छन् । 

अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी र अखिल छैटौँले आज निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन र नेपाल निजी तथा आवासीय विद्यालय संगठन एनप्याब्सन को कार्यालयमा तालाबन्दी गरेको अखिल क्रान्तिकारी का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । 

विद्यार्थी संगठनले डिल्लीबजारस्थित प्याब्सनको केन्द्रीय कार्यालय र कुपण्डोलस्थित एनप्याब्सनको केन्द्रीय कार्यालयमा समेत तालाबन्दी गरेका छन् । 

सरकारद्वारा जारी ‘सस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२’ विपरीत बढी शुल्क लिएको भन्दै विद्यार्थी संगठनहरु चरणबद्धरुपमा आन्दोलनमा उत्रिएका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै