• २०८१ बैशाख २५ मंगलबार

इटालीलाई हराउदै स्पेन नेसन्स लिगको फाइनलमा

kharibot

काठमाडौँ । स्पेन युइएफए नेसन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनल खेलमा इटालीलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन नेसन्स लिगको फाइनलमा पुगेको हो ।

स्पेनको जितमा जोसेलुले निर्णायक गोल गरेका थिए । उनले खेलको ८८औँ मिनेटमा गोल गर्दै जित दिलाएका हुन् । यसअघि खेलको तेस्रो मिनेटमा नै स्पेनका येरेमी पिनोले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ११औं मिनेटमा इटालीले पाएको पेनाल्टीलाई किरो इम्मोबिलले गोल गर्दै खेल बराबरी गरेका थिए ।

अब नेसन्स लिगको फाइनलमा स्पेनले क्रोसियाको सामना गर्ने छ । फाइनल खेल आइतबार राति हुने छ । त्यस्तै तेस्रो स्थानका लागि इटालीले नेदरल्याण्डसको सामना गर्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै