• २०८१ बैशाख २९ शनिबार

महानगरकी एक्ली महिला वडा अध्यक्ष पिता नभएका अनुपको अभिभावक बनिन् 

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालीकाकी एक्ली महिला वडा अध्यक्ष शोभा सापकोटा नुवाकोटका ४ वर्षीय अनुप न्यौपानेको अभिभावक बनेकी छिन्  ।

बिहिवार कामपा वडा नम्बर १४ मा रहेको नेपालय मन्टेस्वरीमा आयोजित एक कार्यक्रमका बिच उनी अनुपको अभिभावक बनेकी हुन् ।

हरेक बालबालीका भोलीका देशका कर्णधार भएको बताउँदैँ सापकोटाले स्कुल जान नपाएका बालबालीकाको संरक्षण गर्नु सबैको दायित्य भएको बताउँदै आफु अनुपको अभिभावक बन्न पाएको खुसि भएको बताईन् । 

उनले भनीन् “ म अनुपको अभिभावक बन्न पाएकोमा खुसि छु , अनुपले पढ्न चाहेसम्मको पढाई खर्च र स्वास्थ्य म आफै बेहोर्छु । ” त्यस्तै बालककी आमा यसोदालाई आर्थिक अवस्था हेरेर कार्यलयको सहायक सम्मबनाई दिने अध्यक्ष सापकोटाले बताईन् । 

यसै बिच बालक अनुपले आफु ठूलो भएपछि नेपाल आर्मीको कर्नेल बन्ने बताए । आज नै कलंकी स्थित नेपालय मन्टेश्वरी पुगेका ४ वर्षीय अनुपले आफु ठूलो भएपछि नेपाल आर्मीको कर्णेल बन्ने बताए । केहि समय मन्टेश्वरीका साथीहरुसँग बिताएका अनुप दंग देखिन्थे । उनी भोलीबाट नै नियमीत मन्टेश्वरी स्कुल जाने छन् । 

स्कुलका प्रधानाध्यापक मनोजकुमार थापाले धेरै स्कुलमध्ये आफ्नै स्कुललाई छानेर अनुपको भर्ना गर्न आएकी वडा अध्यक्षलाई धन्यवाद दिदैँ आफुले सकेजति वालमैत्री वातावरणमा अध्यापन गराउने बताए । अनुपको नर्सरी देखि युकेजीसम्म पुस्तक बाहेकको शुल्क १ लाख २६ हजार लाग्ने उनले बताए । 

त्यस्तै अनुपकी आमा यसोदा दाहाल न्यौपानेले आर्थिक अवस्था कमजोर भएको कारण छोरालाई पढाउन नपाएको र वडा अध्यक्षले अभिभावकत्व बहन गरेकोमा खुसी भएको बताईन् ।

१६ वर्षको उमेर बिवाह बन्धनमा बाधिएकी नुवाकोटी यसोदाको छोरा पेटमा ३ महिनाको हुँदा दुर्घटनामा परेर श्रीमानको ज्यान गएको थियो । त्यस यता उनी काठमाण्डौँमा ज्याला, मजदुरी गरेर जीवन गुजारा गर्दे आएकी छिन्  । आर्थिक अवस्था कमजोर भएकै कारण उनले  अहिलेसम्म छोरालाई स्कुल भर्ना गरेकी थिइनन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै