• २०८१ बैशाख १५ शनिबार

हावाको स्वच्छताका लागि उपलब्ध उपायको इमान्दार कार्यान्वयनमा जोड

kharibot

काठमाडौं । काठमाडौँमा बढेको वायु प्रदुषण नियन्त्रणका लागि प्रदुषक क्रियाकलापका कारण बारेमा मात्र कुरा नगरौँ । कुन विधिले समस्या समाधानका लागि काम गर्छ ? त्यसका बारेमा कुरा गरौँ । समस्या समाधानका विधि छन् । ती विधि अबलम्बन गर्ने प्रक्रिया थालौँ । 

गरिएका निर्णयको कार्यान्वयन र थालिएका कार्यक्रमको निरन्तरतामा लागौँ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले आज आयोजना गरेको ‘वायु गुणस्तर व्यवस्थापन तथा सुशासन’ विषयक अन्तरक्रियामा सहरी विकास र व्यवस्थापन आचरणमा कुरा गर्दै यस्तो बताएका हुन् । 

अन्तरक्रियामा उपप्रमुख सुनिता डंगोलले, स्वच्छ र स्वस्थ्य सहरका लागि महानगरले नीति निर्माण गरेको, नीति अनुसारका कार्यक्रमका लागि बजेट तर्जुमा गरिएको जानकारी दिए ।

यो प्राविधिक र वहुपक्षीय विषय भएकोले सम्बन्धित निकाय र अधिकारीहरुबाट प्राविधिक सहयोग लिनुपर्ने हुन सक्छ । यसका लागि महानगर सहकार्य गर्न तयार छ । 

उनको भनाइ थियो । त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, स्वअनुगमन प्रणाली विकास गरिनु पर्ने बताए । वातावरण विग्रिँदै गएको छ, यसले आफैँलाई नोक्सानी गर्दैछ भने व्यक्ति आफैँले पनि अनुभूति गर्न सक्छ ।

यसको सुधारका लागि कसैले भनिरहनु पर्दैन । आफैँले व्यवहार सुधार गर्न सकिन्छ । उनको भनाइ थियो । 

अन्तरक्रियामा प्रस्तुतिकरण गर्दै वातावरणविद भुषण तुलाधरले, काठमाडौँ उपत्यकाभित्र १ सय वटाभन्दा धेरै उद्योग रहेको तर ती सबैभन्दा सवारी साधनबाट उत्सर्जन हुने धुवाँ र फोहोर बाल्ने आचरण वायु प्रदुषणका लागि जिम्मेवार रहेको बताए ।

उनका अनुसार विश्वभर वायु प्रदुषणका कारण वार्षिक रुपमा ७० लाख मानिस मर्छन् । नेपालमा ४२ हजार १ सय र काठमाडौँमा मात्र ५ हजार व्यक्तिको मृत्युको कारण वायु प्रदुषण हो । 

निर्माण सामाग्री र सवारीबाट उत्पादन भएको प्रदुषक तत्वमा पाइने नाइट्रोजन अक्साइड, कार्वन मोनोक्साइड, सल्फर डाइअक्साइड, नाइट्रेट सल्फर, एमोनियाँ, धातुको टुक्रा, कार्वन तथा प्लाष्टिकका टुक्रा समेत पाइने गरेका छन् । यी तत्व एक ठाउँबाट अर्को ठाउँमा सजिलै पुग्न सक्छन् । यस्तै मानिसको फोक्सोसम्म सजिलै पुग्न सक्छन् । 

वायु प्रदुषण पिएम २.५ मा मापन हुन्छ । यो भनेको धुलाका अत्यन्त मसिना कण भन्ने हो । जुन मानव कपालको व्यास भन्दा पनि साना एकाइका हुन्छन् । पीएम १० भन्दा ठूला कणहरु सरिरभित्र पस्न सक्दैनन् ।

पीएम १ भन्दा साना कण फोक्सोमा पुग्न सक्छन् । यसभन्दा साना कणहरु रगतमा समेत मिसिने खतरा हुन्छ । यसैकारण वायु प्रदुषण वातावरणीय मात्र होइन जनस्वास्थ्यजन्य समस्या पनि हो । 

अन्तरक्रियामा वायु प्रदुषण सम्बन्धी कानुनी प्रबन्ध, नागरिक समाजको बुझाइ, साझेदारको सम्लग्नता, महानगरपालिकाका प्रयासलगायत विषयमा प्रस्तुति गरिएको थियो । प्रस्तुतिसँगै समूहगत कार्यशालाबाट प्रदुषण नियन्त्रणको योजना अभ्यास गरिएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय