• २०८१ बैशाख १५ शनिबार

दैलेखमा सहुलियतको खाद्यान्न अभाव

kharibot

दैलेख । दैलेखमा सहुलियतमा बिक्री गदै आएको खाद्यान्न अभाव भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा हाल तीन सय ३५ क्वीन्टल मात्रै खाद्यान्न स्टक छ ।

यो खाद्यान्न आपतकालीन अवस्थाका लागि र कारागारामा रहनेका लागि मात्रै भएको दैलेख शाखाका निमित्त शाखा प्रमुख रवीनकुमार रेग्मीले बताए । 

यहाँका नौमूले, ठाँटीकाँध, चामुण्डा र बेस्तडा बिक्री केन्द्रमा समेत खाद्यान्न पुग्न सकेको छैन । दैलेखबाट बिक्री केन्द्रमा पु¥याउँदा लाग्ने ढुवानी पैसा कम भएको भन्दै बिक्री केन्द्रमा चामल पु¥याउने ठेकेदारहरुले आनाकानी गर्दै आएका छन् । 

साथै थप कोटाका लागि परिपत्र हुँदा पनि ढुवानी अनुदान नआएपछि समस्या देखिएको हो । दैलेखमा असारमा एक हजार पाँच सयदेखि दुई हजारसम्म क्वीन्टल खाद्यान्न आवश्यकपर्छ । असारमा केही परिमाण बिक्री गरी बाँकी चामल आगामी दशैँसम्म राख्नुपर्छ भएकाले चामलको परिमाण कम भएको छ ।

नेपालगञ्ज र राजापुरबाट आउनुपर्ने थप कोटाको चामलसमेत नआएका कारण दैलेखमा खाद्यान्न अभाव भएको हो । खाद्य व्यवस्था तथा व्यापार लिमिटेड दैलेखमार्फत बिक्री गरिने सहुलियत चामल अन्यत्रको तुलनामा प्रतिक्वीन्टल रु सात सयसम्म कम पर्छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै