• २०८१ जेठ ५ शनिबार

कोशी ब्यारेजमा ट्रक खस्यो

kharibot

फाइल तस्बीर

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजमा आज ट्रक खसेको छ  ।

ब्यारेको ढोका नं १० बाट  मे१ख ३००७ नंको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेश सिंहले जानकारी दिए । उनका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ख १८६५ नंको बस र विपरीत दिशाबाट आइरहेको ट्रक एकापसमा ठोकिँदा ट्रक कोशी नदीमा खसेको हो  ।

नदीमा झरेको ट्रकमा सवार चालक र अन्य व्यक्तिलाई सकशुल उद्धार गरिएको छ । यसैबीच कोशीमा खसेका ट्रकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएका छ  । घटनाको थप विवरण आउन अझै बाँकी रहेको प्रहरीको भनाइ छ  ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै