• २०८१ बैशाख २७ बिहीबार

नेकपा एसको सचिवालय बैठक आज पनि जारी रहने

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी छ । गत शुक्रबार देखी जारी भएको केन्द्रिय सचिवालय बैठक आज पनि बस्न लागेको हो ।

सचिवालयका सदस्यहरुले बोल्ने क्रम बाँकी रहेकाले बैठक आजसम्म लम्बिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार आजको बैठक बिहान ९ बजे देखी सुरु हुनेछ ।  

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा  उक्त बैठक बस्नेछ ।

समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित गरिएको बैठकमा हिजो सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिवद्वय डा विजय पौडेल र डा गंगालाल तुलाधरले आफ्ना धारणा राखेका थिए ।

आजको बैठक अन्य नेताहरुले धारणा राख्ने छन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै