• २०८१ जेठ ७ सोमबार

पोस्टर टाँसेको भन्दै फिल्म 'बगान' लाई महानगरले तिरायो ५० हजार

kharibot

काठमाडौँ । काठमाडौं महानगरपालिकाले फिल्मको पोस्टर टाँसी प्रदूषण गरेको भन्दै फिल्म 'बगान' लाई ५० हजार जरिवाना तिराएको छ ।

मंगलबार सरोज खनाल निर्देशित फिल्म बगानलाई ५० हजार जरिवाना तिराएको हो । 

महानगरले जरिवाना तिराएपछि फिल्मका निर्माता सुरेश वाग्लेले फेसबुकमा स्टाटस लेख्दै गुनासो गरेका छन् ।

मेयर बालेन शाहलाई गुनासो गर्दै भनेका छन्-  

'बालेनजी आदिपुरूष हिन्दी सिनेमालाई त रोक्नु भयो, नेपाली सिनेमालाई सहयोग गरिदिनु होला । हाम्रो जानकारी बिना हाम्रा वितरकले भित्तामा टाँसेको पोस्टरलाई महानगरले ५० हजार जरिवाना तिराएछ । महानगर प्रहरी प्रमुख राजु पाण्डेजीले मिडियावाजी गर्नुअघि हामीलाई जानकारी गराउनु भएको भए हामी त्रुटि सच्याउने समय पाउँथ्यौँ । वातावरण प्रदूषण विरूद्धको महानगरको अभियानमा हाम्रो साथ र सहयोग सदैव रहने छ ।'

काठमाडौं महानगरपालिकाको वाह्य विज्ञापन नियमन निर्देशिका २०७९' ले महानगरभित्र सार्वजनिक स्थानमा विज्ञापन गर्दा कुनै पनि पर्चा, पम्पलेट टाँस्न बन्देज गरेको छ ।

निर्देशिका अनुसार सर्वसाधारणको सुरक्षा, शहरी सुन्दरता, सडकपेटी, सार्वजनिक संरचना, विद्युत र टेलिफोनका खम्बालगायत कुनै पनि ठाउँमा विज्ञापन गर्न निषेध गरिएको छ र त्यसो गरेमा न्यायिक समितिले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था निर्देशिकामा उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै