• २०८१ जेठ १ मंगलबार

राष्ट्रिय महिला भलिबलः एपिएफ र पुलिस फाइनलमा

kharibot

काठमाडौँ । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा साविक विजेता दुई विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब प्रवेश गरेका छन् । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा आज भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले न्यू डायमण्ड एकेडेमीलाई ३–१ ले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

पहिलो खेल एपिएफले २५–१८ ले आफ्नो पक्षमा पारे पनि दोस्रामा पुनरागमन गर्दै न्यू डायमण्डले २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछिका दुई खेलमा एपिएफ २५–१० र २५–२३ ले जितेर लगातार चौथो पटक फाइनलमा पुग्न सफल भयो । 

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी उक्त प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा पुलिसले पश्चिमाञ्चल भलिबल संघलाई ३–० ले लगातार जिती पराजित गर्यो । पश्चिमाञ्चलविरुद्ध सहज जीत हासिल गर्ने क्रममा पुलिसले २५–१९, २५–१५ र २५–२२ को नतिजा निकालेको थियो ।

मंगलबार हुने फाइनल भिडन्तमा उपाधि विजेताले रु एक लाख ५० हजार, उपविजेताले रु एक लाख र तेस्रो हुनेले रु ५० हजार पुरस्कार पाउनेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै