• २०८१ जेठ ३ बिहीबार

महामन्त्रीको प्रस्ताव एनजीओको ‘विसलिस्ट’ जस्तो- आरजु

kharibot

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीहरूले पेश गरेको प्रस्ताव एनजीओको ‘विसलिस्ट’ जस्तो रहेको टिप्पणी गरेकी छन् ।

शुक्रबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै आरजुले कांग्रेस देशको एजेन्डा सेट गर्ने पार्टी भएपनि महामन्त्रीहरूको प्रस्तावमा त्यस्ता दुरगामी एजेन्डाहरू नआएको बताएकी हुन् ।

उनले भनिन्- 'कांग्रेस भनेको यो देशमा एजेन्डा सेट गर्ने पार्टी हो । नेपालको अर्थतन्त्र कस्तो हुने, समाजलाई कता लैजाने, राजनीतिलाई कुन दिशातिर लैजाने भन्ने एजेन्डा सेटिङ गर्ने पार्टी हो । तर यसपटकको महामन्त्रीहरूको प्रतिवेदनमा देशलाई दरगामी असर राख्ने त्यस्तो एजेन्डा देखिएन । महामन्त्रीहरूको प्रतिवेदनचाहिँ एउटा राजनीतिक दस्तावेज हुन्छ होला भन्ने सोचेको थिएँ, तर उहाँहरूले ल्याउनुभएको प्रस्ताव राजनीतिक दस्तावेज भन्दा पनि एउटा एनजीओको ‘विसलिस्ट’ जस्तो लाग्यो ।’

उनले मुलुकमा सुशासन कायम गर्ने विषयमा पार्टीका नेताहरू पूर्वप्रशिक्षित हुनुपर्ने बताउदै भनिन्- 'म प्रधानमन्त्रीको धर्मपत्नी भएर ४/५ पटक उहाँसँगै देशमा के–के हुन्छ, देखेको छु । हाम्रा मन्त्रीहरू मन्त्री भएर जानुहुन्छ, तर सिक्दा–सिक्दै ठीक्क हुन्छ । त्यसैले कुन मन्त्रालयको ड्युटी के हो ? के भइरहेको छ, के गर्नुपर्ने हो ? यसबारे हामीले पार्टीमै छलफल गरेर पूर्वतयार हुनु आवश्यक छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै