• २०८१ बैशाख १७ सोमबार

विश्वकै अहिलेसम्मको ठुलो क्रुज जहाज तयार !

kharibot

काठमाडौँ । जब क्रूज जहाजको कुरा आउँछ, सबैभन्दा पहिला 'टाइटानिक' नाम मानिसहरूको दिमागमा आउँछ । तर, जनवरी २०२४ मा एक क्रूज जहाज लन्च हुन गइरहेको छ र यसलाई अहिलेसम्मको संसारको सबैभन्दा ठूलो क्रूज जहाज भएको बताइएको छ ।

यसको नाम 'आइकन अफ द सीज' हो । टाइटानिकको बारेमा कहिल्लै नडुब्ने दाबी गरिएको थियो । तर, ‘आइकन अफ द सीज’ को बारेमा यस्तो दाबी गरिएको छैन । तर, जबदेखि यसको निर्माता रोयल क्यारिबियन इन्टरनेशनलले यसको सुरुवातको जानकारी दिएको छ, तबदेखि नै सामाजिक सञ्जाल र मिडियामा यसको चर्चा भइरहेको छ ।

यो क्रूज जहाजमा ५६१० यात्रु र २३५० चालक दलका सदस्यहरू एकसाथ यात्रा गर्न सक्ने बताइएको छ, जुन टाइटानिक भन्दा ५ गुणा ठुलो र उस्तै भारी रहेको छ ।

‘आइकन अफ द सीज’ मा जम्मा १९ फ्लोर छन् । यसबाहेक, यात्रुहरूको लागि ४० उत्कृष्ट बार र रेस्टुरेन्टहरू छन् । जहाजको कुल लम्बाइ ११९८ फिट छ भने जहाजको वजन २ लाख ५० हजार 800 टन रहेको छ । अहिलेसम्मको सबैभन्दा ठुलो क्रुज जहाज रोयल क्यारेबियनकै 'वण्डर अफ द सिज' रहेको छ । यो ११८८ फिट लामो छ भने १९ तले रहेको छ । त्यस्तै चर्चित टाइटानिक भने ८५२ मिटर लामो थियो भने यसमा २४५३ यात्रु तथा ८७४ चालक दलका सदस्य यात्रा गर्न सक्दथे । 

यस क्रूज जहाजमा कुल ७ लक्जरी ब्ल्यान्ड स्विमिंग पूलहरू छन् । यसबाहेक, त्यहाँ एक वाटर पार्क पनि छ । यो वाटर पार्क संसारको कुनै पनि वाटर पार्क भन्दा ठूलो र राम्रो छ । वाटरपार्कलाई श्रेणी–६ नाम दिइएको छ । यसमा जम्मा ७ वटा वाटर स्लाइड पनि रहेका छन् । यस जहाजमा २८ प्रकारका कोठा रहेका छन्, जसमा परिवारसहित समुन्द्रको दृश्य तथा समुहमा यात्रा गर्नेहरुका लागि लक्षित गरेर बनाइएको छ ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार यस क्रुज जहाजको सबैभन्दा कम श्रेणीको टिकट १८५१ डलरमा उपलब्ध हुनेछ । यो टिकट मियामीदेखि पश्चिमी क्यारिबियनसम्मको हुनेछ र यो यात्रा ६ दिनको रहेको छ । यो टिकट अर्को वर्ष सेप्टेम्बरमा मात्र उपलब्ध हुनेछ ।

सबैभन्दा महँगो टिकट १० हजार ८६४ डलरको रहेको छ र अहिले २०२४ को मार्चको लागि बुक गर्न सकिने बताइएको छ । यहाँ जम्मा १७ वटा लाइफबोट छन् र प्रत्येक लाइफबोटमा ४५० यात्रु अट्न सक्ने दाबी गरिएको छ ।

यो क्रूज जहाजको परीक्षण जुन २२ मा सुरु भएको थियो र अहिलेसम्म जारी रहेको छ । यस जहाजलाई अहिले २६ सय कामदार र सयौं विज्ञले परिक्षण गरिरहेका छन् । यसको दोस्रो परिक्षण यसै बर्षको अन्त्य तिर हुने बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै