• २०८१ बैशाख १५ शनिबार

बामदेव गौतम भन्छन्- सुन तस्कर प्रकरणमा लहरो तान्दा पहरो गर्जन सक्छ !

kharibot

काठमाडौं । पूर्वउपप्रधानमन्ती तथा पूर्वगृहमन्त्री वामदेव गौतमले  सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् ।

काठमाडौंमा शनिबार रिपोर्टर्स क्लबको कार्यक्रममा बोल्दै नेता गौतमले यस प्रकरणमा शीर्ष नेताको संलग्नता हुने सम्भावना कम रहेको दाबी गर्दै जिम्मेवारीमा खटिएका भन्सारका कर्मचारी नै मुख्य दोषी रहेको आरोप लगाएका हुन् ।

गौतमले भने, ‘सुन तस्करीमा जाँच पडताल गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने जस्ता हाम्रो उखान छन्, त्यस्तो भएमात्रै मन्त्री, प्रधानमन्त्री मुछिन सक्छन् नत्र त्यहाँ खटेका कर्मचारी नै मुख्य दोषी हुन्छन् ।’

हङकङ जस्तो कडा सुरक्षा भएको ठाउँमा समेत तस्करीको नयाँ सन्जाल भेटिएको उनको भनाइ छ ।

राजश्व अनुसन्धान विभाग, नेपाल प्रहरी र भन्सारलाई सुन आउँदै भन्ने जानकारी पहिला नै रहेको दाबी गर्दै उनले भने, ‘भन्सार पनि छलेर बाहिर गइसकेको थियो, यस पटक पनि सबै मिलाएको रहेछ ।’

साथै उनले आफू गृहमन्त्री हुँदा सुन काण्ड नभएको पनि दाबी गरे । उनले भने,‘म पहिलोपटक ०५४ सालमा गृहमन्त्री भएँ, म मन्त्री हुँदासम्म सुन काण्ड भएन । सुन काण्ड पछि उब्जियो । मन्त्रीबाट हटेपछि उब्जियो । बरु म सरकारमै भएको बेला मलाई कसरी हटाउने भनेर पार्टीभित्र र बाहिरबाट धेरै आवाजहरु उठाईए । र, अन्तिममा मलाई त्यही शक्तिले सरकारबाट हटायो, म त्यो बेला ७ महिनामात्रै मन्त्री भएको हुँ ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै