• २०८१ जेठ ७ सोमबार

सांसद पौडेलको प्रश्न- सुन प्रकरण छानविन सुरु भएपछि माननीयहरु खुसी हुनु पर्ने होइन् ?

kharibot

काठमाडौं । माओवादी केन्द्रका सांसद  देवेन्द्र पौडेलले प्रतिपक्ष दलले रातलाई दिउसो भन्न खोजेको टिप्पणी गरेका छन् । 

प्रतिनिधि सभाको बुधबारको बैठकमा, उनले प्रमुख प्रतिपक्ष दलले क्वीन्टल सुन प्रकरणमा प्रधानमन्त्री, गृहमन्त्री तथा अर्थमन्त्रीको समेत संलग्नता रहेको आरोप लगाएपछि उनले प्रतिपक्षले दिउसै रात पार्न खोजेको र रातलाई दिउँसो भन्न थालेको टिपप्णी गरे । 

उनले भने ‘दिउसै रात पार्न खोजिएको थियो । रातलाई दिउसो बनाइदैँ छ । भ्रष्टाचारलगायत कतिपय विषयहरुको सरकारले छानविन गर्ने प्रक्रिया अघि बढेको छ  माननीय ज्यूहरुलाई टाउको नदुखाउन म अनुरोध गर्छु । सरकार अगाडि बढोेस् ।’ 

उनले सरकारले कसैको अनुहार नहेरी प्रमाणका आधारमा छानविन अघि बढाउन सरकारलाई आग्रह गरे । 

‘बाँकी रहेका उठेका कतिपय विषयहरुमा पनि सरकारले छानविन गरेर व्यक्तिको अनुहार हेर्ने होइन् उसको काम र शैलीलाई हेरेर सुशासनको पक्षमा अगाडि बढ्न म सरकारलाई विशेष अनुरोध गर्न चाहान्छु ।’ उनले भने । 

दोषिलाई कारबाही गर्ने कुरा महत्वपूर्ण भएको भन्दै उनले कुनै पनि दोषिलाई कारबाही गर्दा सांसदहरु खुसी हुनु पर्ने बताए । 

‘माछो सानो ठुलोको कुरा होइन् । दोषिलाई कारबाही गर्ने कुरा हो । माननीय ज्यूहरु त खुसी हुनु पर्ने हो यो कुरा । ’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै