• २०८१ बैशाख ३० आइतबार

महिला विश्वकपको आयोजक न्युजील्याण्ड बाहिरियो, स्वीट्जरल्याण्ड र नर्वे दोस्रो चरणमा

kharibot

काठमाडौँ । जारी फिफा महिला फुटबल विश्वकप अन्तर्गत समुह ए बाट स्वीजरल्याण्ड र नर्वे राउण्ड १६ मा पुगेका छन् ।

आइतबार सम्पन्न खेलमा स्वीट्जरल्याण्ड र आयोजक न्यूजील्याण्डबीचको खेल गोल रहित बराबरीमा रोकिएपछि समुहमा ३ खेलमा ५ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेर स्वीजरल्याण्ड राउण्ड १६ मा पुगेको हो ।

त्यस्तै आजै भएको खेलमा नर्वेले फिलिपिन्समाथि फराकिलो ६-० को जित हासिल गर्दै राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ । नर्वेको ३ खेलमा ४ अंक रहेको छ र गोल अन्तरले न्यूजील्याण्डलाई पछि पार्दै राउण्ड १६ मा छानिएको छ ।

समुह ए मा रहेको न्युजील्याण्ड ३ खेलमा ४ अंक हासिल गरे पनि गोल अन्तरले पछि पर्दै समुह चरणबाटै बाहिरिएको छ । त्यस्तै फिलिपिन्सले ३ खेलमा एक खेल जितेर ३ अंक हासिल गर्दै समुहमा पुछारमा रहेको छ र उसको विश्वकपको यात्रा समाप्त भएको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै