• २०८१ बैशाख १५ शनिबार

आइएफसी उपाध्यक्ष सुसनद्वारा उपाय फुलफिलमेन्ट सेन्टरको भ्रमण

kharibot

काठमाडौँ । अन्तर्राष्ट्रिय वित्तीय निगमका उपाध्यक्ष सुसान लन्डले हालै उपायको काठमाडौँस्थित फुलफिलमेन्ट सेन्टरको अवलोकन भ्रमण गरि नेपालको लजिस्टिक परिदृश्य बारे बुझेका छन् ।

नेपालको तीन दिने भ्रमणमा रहेका उपाध्यक्ष सुसानलाई उपायका सहसंस्थापक तथा प्रवन्ध निर्देशक सुमन रायमाझी तथा बोर्ड सदस्य रंजीव श्रेष्ठले उपाय फुलफिलमेन्ट सेन्टरमा स्वागत गरेका थिए ।

उपाय फुलफिलमेन्ट सेन्टरको अवलोकन भ्रमणका क्रममा उपाध्यक्ष सुसानलाई नेपालको लजिस्टिकको समग्र इतिहास तथा उपायको नेपाली लजिस्टिक क्षेत्रको रुपान्तरणका लागि भावी कार्यक्रम बारे प्रवन्ध निर्देशक रायमाझीले प्रकाश पारेका थिए ।

साथै उनलाई उपायको थर्ड पार्टी लजिस्टिक सेवा तथा सुविधाको बारेमा जानकारी प्रदान गरिएको थियो ।

उत्क भ्रमणमा डोल्मा इम्प्याक्ट फण्डका प्रतिनिधि र आइएफसीका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

उपाय, नेपालको लजिस्टिक क्षेत्रमा प्रविधिमार्फत गुणस्तरीय सेवा प्रदायक कम्पनि हो । २०१८ मा स्थापित कम्पनिले छोटो समयमै नेपाली लजिस्टिकमा उल्लेखनीय भूमिका खेल्न सफल भएको छ ।

हाल उपायले विभिन्न व्यवसायमा संलग्न व्यक्ति/ संस्थालाई आफ्नो चार वटा भर्टिकल मार्फत सेवा प्रदान गर्दै आएको छ । पेप्सीकोलामा अवस्थित उपाय फुलफिलमेन्ट सेन्टर (उपाय स्पेस) दश हजार वर्ग फिटमा फैलिएको गोदाम हो । जसले नेपाल भर १५० भन्दा बढी स्थानहरुमा अर्डर लिने र सामान वितरणलाई आधुनिक थर्ड पार्टी लजिस्टिक सुविधा मार्फत सेवा प्रदान गर्दै आएको छ ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय