• २०८१ जेठ ६ आइतबार

सामाखुसी खोलालाई ‘पुरानै स्वरूप’ मा फर्काइने

kharibot

काठमाडौं । महानगरपालिकाले सामाखुसी खोला सफा गर्न थालेको छ ।

असारबाट सामाखुसीस्थित विभिन्न ठाउँमा रहेका खोलामाथिका स्ल्याबहरू हटाउन थालेको महानगरले मुख्य सडकमा रहेको सबै स्ल्याब हटाएर खोला सफा गर्न थालेको हो । 

खोला पुरानै स्वरुपमा आएपछि त्यसको दायाँबायाँ पर्खाल उठाउने र फलामको बार लगाइने महानगरले जनाएको छ । 

सोही खोलाबाट गत साउन ७ गते १३ वर्षीय बालक साजन मगर बेपत्ता भएका थिए । खोलामाथि स्ल्याब नहुँदा खसेर बेपत्ता भएका उनको शव ११ दिनपछि दक्षिणकाली नगरपालिका–७ स्थित नदी किनारमा भेटिएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै