• २०८१ जेठ २ बुधबार

राष्ट्रपति पौडेलसँग युरोपेली सङ्घकी राजदूत डेप्रेजको शिष्टाचार भेट

kharibot

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली सङ्घकी राजदूत नोना डेप्रेजले शिष्टाचार बिदाइ भेट गरेकी छन् ।

आज राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा नेपाल र युरोपेली युनियनबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले युरोपेली युनियनले नेपालको विकास साझेदारका रूपमा पुर्याएको सहयोगका लागि धन्यवाद दिएको सो विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै