• २०८१ बैशाख १५ शनिबार

एएफसी कप: पहिलो हाफमा मच्छिन्द्र ३–१ गोलले अगाडी 

kharibot

काठमाडौं । एएफसी कपको प्रारम्भिक छनोटमा नेपालको मच्छिन्द्र फुटबल क्लब र  भुटानको पारो एफसीसँग अहिले प्रतिस्पर्धा भैरहेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भैरहेको खेलमा मच्छिन्द्र ३–१ गोलले अगाडी छ ।

मच्छिन्द्रका लागि विमल घर्तीमगर, आयुश घलान र ओलावाले अफिजले समान एक–एक गोल गरे । विमलले खेलको १५ औं मिनेटमा, आयुशले १२ औं मिनेट र ओलावालेले ३८ औ मिनेटमा गोल गरेका हुन् । 

पारो एफसीका लागि काजुओ होनमाले सुरुवाती गोल गरे । उनले ७ औं मिनेटमा गोल गरेका हुन् । एएफसी कप छनोटको प्लेअफ चरणको पहिलो खेलमा मच्छिन्द्र पारो एफसीको सामना गरिरहेको छ । 

ए डिभिजन लिग चर्च ब्वाइजले जिते पनि उसँग एएफसी लाइसेन्स नभएकाले उपविजेता भएको मच्छिन्द्रले यो प्रतियोगितामा मौका पाएको हो । 

मंगलबारको खेल जित्ने टोलीले १६ अगस्टमा भारतको मोहन बगान सुपर जायन्टसँग दोस्रो चरणको खेल खेल्नेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै