• २०८१ जेठ ३ बिहीबार

ओलीको दाबि- वामपन्थी आन्दोलनलाई जोगाउन संसद विघटन गरेको थिए

kharibot

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले संसद विघटन गरेर वामपन्थी आन्दोलनलाई बचाएको दाबि गरेका छन् ।

मंगलबार एमाले वाग्मती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधिसभा विघटन गरेको दाबि गरेका हुन् । 

उनले भने- 'हामीलाई झुण्ड्याउन जुन डोरी उनीहरुले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौँ । पुस ५ गतेको कदम भनेको त्यही हो ।  हामीलाई झुण्ड्याएर मार्ने जुन डोरी उनीहरुले बनाएका थिए, त्यो डोरी हामीले काटिदियौँ । षड्यन्त्र छिन्यो । षड्यन्त्र छिनेपछि उनीहरु असाध्यै आत्तिए ।

यसका साथै ओलीले प्रतिनिधिसभा विघटन त्यस बेलाको कदम सहि भएको जिकिर गरेका छन् । उनले त्यो त्यति बेला अपरिहार्यता भएको उल्लेख गर्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको दाबि गरेका छन् ।

उनले भने- 'हाम्रो लागि त्यो नगरी नहुने अपरिहार्य थियो । त्यो राजनीतिक, संवैधानिक, संसदीय कदम थियो । मुख्य रुपमा त्यो प्रतिक्रियावादी षड्यन्त्रको विरोधमा जाने एउटा सचेत कदम थियो ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै