• २०८१ बैशाख २२ शनिबार

आज महिला विश्वकपको फाइनल, उपाधिका लागि इङ्ल्यान्ड र स्पेन भिड्दै

kharibot

काठमाडौं । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण अन्र्तगत इङ्ल्यान्ड र स्पेन उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन् । 

फाइनल खेल अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियममा नेपाल इस्मय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुदै छ ।  

घरेलु टोली अस्ट्रेलियाविरुद्ध ३–१ को जित निकाल्दै इङ्ल्यान्ड पहिलोपटक फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको हो । 

जितसँगै इङ्ल्यान्डले अब उपाधिका लागि स्पेनको सामना गर्ने छ । यसअघि स्पेनले स्विडेनलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यी दुबै टोली पहिलो पटक फाइनलमा पुगेका हुन् । 

यस पटक महिला विश्वकपले नयाँ विजेता पाउने भएको छ ।

अहिलेसम्म सबैभन्दा बढी चार पटक विश्वकप जितेको अमेरिका राउण्ड १६ मै स्विडेनसँग पराजित हुदै बाहिरिएको थियो भने दुइ पटक विश्वकप जितेको जर्मनी समुह चरणबाटै बाहिरिएको थियो । त्यस्तै एक पटक विश्वकप जितेको नर्वे राउण्ड १६ मा जापानसँग पराजित भएर बाहिरिएको थियो भने एक पटक विश्वकप जितेको जापानक्वाटरफाइनलमा स्विडेनसँग पराजित हुदै बाहिरिएको थियो । 

२० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो । सन् १९९१ देखि सुरु महिला विश्वकपमा झण्डै ५ करोड डलर बराबरको पुस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पुर्याइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै