• २०८१ बैशाख २० बिहीबार

सीटीईभीटी अन्तर्गतका ४४ शिक्षण संस्थाको सम्बन्धन अस्वीकृत

kharibot

काठमाडौं । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले प्रक्रिया पूरा नगरी दिएका ४४ वटा शिक्षण संस्थाको सम्बन्धन अस्वीकृत गरेको छ ।

प्रमाणपत्र तहको सामान्य चिकित्सा, रेडियोग्राफी, ल्याबटेक्नोलोजी, आयुर्वेद , फार्मेसीलगायत विषयको पठनपाठन हुने गरी सीटीईभीटीले २०७९ साल असोजमा सम्बन्धन दिने निर्णय गरेको थियो । अघिल्लो महिना ती शिक्षण संस्थामा भर्ना आह्वान गरेपछि हालै चिकित्सा शिक्षा आयोगको बैठकले गैरकानुनी रुपमा सम्वन्धन दिएका ती संस्थाको सम्वन्धन अस्वीकृत गरेको हो ।

त्यस्तै आयोगले प्रक्रिया पुर्याएका १९६ संस्थाको भने सम्बन्धन स्वीकृत गर्दै कोटा समेत निर्धारण गरिदिएको छ । 

चिकित्सा शिक्षासम्बन्धी शैक्षिक संस्थाको सम्वन्धनका लागि आयोगको पूर्व‍‍स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ । अस्वीकृत भएका ती शिक्षण संस्थाको सम्बन्धनका लागि पुन: सुरुदेखि नै प्रक्रिया अगाडि बढाउनु पर्ने छ । 

सीटीईभिटीले भने प्रक्रिया पुर्‍याएर फेरि सम्बन्धनका लागि अगाडि बढाउने जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै