• २०८३ असार २३ मंगलबार

सुनचाँदीको मूल्य वृद्धि

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौ । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा यो दिन सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

आइबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ रहेकोमा सोमबार बढेर १ लाख १३ हजार रुपैयाँ पुगेको हो ।

त्यस्तै, यसअघि तेजावी सुन १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएकोमा आज घटेर १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार हुने भएको छ ।

यता, चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ४ सय ६५ रुपैयाँ पर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै