• २०८१ श्रावण १२ शनिबार

ह्याप्पी ड्रेसिङ रूममा भारतीय खेलाडी, आफुविरुद्ध उत्कृष्ट खेलेका नेपाली खेलाडीलाई लगाइदिए मेडल

kharibot

काठमाडौँ । नेपाल र भारतबीचको खेल पछिको रोचक भिडियो नेपाल क्रिकेट संघ (क्यान) ले सार्बजनिक गरेको छ ।

नेपाललाई भारतले १० विकेटले पराजित गरेपछि प्रशिक्षक मोन्टी देसाईले शुरु गरेको ‘ह्याप्पी ड्रेसिङ रूम’ कार्यक्रममा भारतीय खेलाडीले आफुविरुद्ध राम्रो प्रदर्शन गरेका नेपाली खेलाडीलाई मेडल प्रदान गरेको दृश्य निकै रोचक देखिएको छ ।

सोमबार एसिया कपको समुह ए अन्तर्गत भारतविरूद्धको खेलपछिको यो भिडियोले अबको नेपाली क्रिकेटको बाटो संकेत गरेको छ ।  प्रशिक्षक देसाईले भारतविरूद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई मेडन लगाइदिन  भारतीय खेलाडीलाई नेपालको ड्रेसिङ रूमसम्म ल्याएका थिए ।

क्यानले सार्वजनिक गरेको भिडिओमा नेपालका सोमपाल कामीलाई हार्दिक पाण्ड्याले मेडल लगाइदिएको देखिन्छ भने आसिफ शेखलाई विराट कोहलीले मेडल लगाइदिएका छन् । त्यस्तै भारतीय प्रशिक्षक राहुल द्रविडले दीपेन्द्रसिंह ऐरीलाई मेडल लगाइदिएका थिए ।

भारतविरुद्ध नेपालले खेल हारेपनि भारतका पुर्व क्रिकेटर र विश्लेषकले नेपाली खेलाडीको प्रसंशा गरिरहेका छन् । पूर्व बलर इरफान पठानले नेपालको खेलबाट प्रभावित रहेको बताउदै नेपाली खेलाडीको 'रनिङ बिटविन द विकेट'  निकै शनादर रहेको बताएका थिए ।

त्यस्तै पुर्व खेलाडी एवं अहिलेका चर्चित कमेन्टटेटर आकाश चोपडाले त सामाजिक सञ्जालमा नेपालको क्रिकेटलाई अगाडी बढाउन भारतले पुरै जिम्मेवारी लिनुपर्ने बताएका छन् । उनले भारतीय क्रिकेट कन्ट्रोल बोर्डसँग नेपालको क्रिकेटको विकासमा योगदान गर्न समेत अपिल गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै