• २०८१ बैशाख २३ आइतबार

यती होल्डिङ्सलाई खेद्नेहरु दलाल पुँजीवादी हुन्- ओली

kharibot

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती होल्डिङ्सलाई खेद्नेहरु दलाल पुँजीवादीहरु भएको टिप्पणी गरेका छन् । 

आइतबार एमालेको सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रममा बोल्दै ओलीले सरकारले पुँजीपतिहरूलाई खेदने काम गरिरहेको बताउदै यती होल्डिङ्सलाई खेद्नेहरु दलाल पुँजीवादी भएको बताएका हुन् ।

उनले भने- 'यती होल्डिङ्सलाई खेद्नेहरु दलाल पुँजीवादीहरु हुन् । त्यसकारण उनीहरु खेद्छन्, किनभने त्यो राष्ट्रिय पुँजी हो । सोलुको एउटा शेर्पा भारी बोकेर हिँड्थ्यो रे बच्चैदेखि, त्यस्तो मान्छे अहिले हवाइजहाज पनि उडाएको छ, पयर्टन पनि चलाएको छ, होटल पनि चलाएको छ, हेलिकप्टर पनि चलाएको छ, गर्न पाइन्छ ? भारी बोकेर हिँड्ने शेर्पाले उसले कमाएको सम्पत्ति स्वीटजरल्याण्डमा लाँदैन, माल्दिभ्समा लाँदैन, श्रीलंकामा लाँदैन, बंगलादेश लाँदैन, भारत लाँदैन, मुम्बइमा होटल छैन, श्रीलंकामा होटल छैन, यस्तालाई पनि गर्न दिन्छ भनेका भन्यै छन् माओवादीहरु ।’

साथै कार्यक्रममा उनले सरकारले अहिले गरिरहेको भ्रष्टाचार र अनियमितताविरुद्धको कारबाही दलाल पुँजीपतिको फण्डा र तमासा भएको टिप्पणी गरे । उनले भने- ‘यो दलाल पुँजीपतिहरुको तमासा हो, पोलिटिकल स्टन्ट, दलाल पुँजीवादीहरुको फण्डा हो, त्यसकारण त्यसका पछाडि कोही छन् भने दलाल पुँजीवादीहरु छन् । यिनको टुप्पी दलाल पुँजीवादीहरुको हातमा छ ।

ओलीले ललिता निवास जग्गा प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई कारवाही गरिएकोप्रति पनि आक्रोश व्यक्त गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै