• २०८१ बैशाख १७ सोमबार

टाइप–सी चार्जरसहित आईफोनका नयाँ सिरिजको लन्च

kharibot

काठमाडौँ । एप्पलले आफ्नो नयाँ आईफोन सिरिज आइफोन १५ सार्वजनिक गरेको छ । एप्पलले एक विशेष कार्यक्रममा आफ्नो आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो प्लस सार्बजनिक गरेको हो । 

एप्पलले नयाँ आईफोनमा टाइप–सी पोर्ट उपलब्ध गराइएको छ । एप्पलले आफ्नो कुनै पनि आईफोन टाइप-सी पोर्टको साथ प्रस्तुत गरेको छ । यसअघि कम्पनीले चार्जिङका लागि लाइटनिङ पोर्ट प्रयोग गर्दै आएको थियो । यो पछिल्लो आईफोनको साथ कम्पनीको सबैभन्दा ठूलो परिवर्तन हो । 

एप्पलले आईफोनमा टाइप-सी पोर्टको साथ लाइटनिंग पोर्ट प्रतिस्थापन गरेको छ । कम्पनीले सन् २०१२ मा पहिलो पटक लाइटनिङ पोर्ट सञ्चालनमा ल्याएको थियो । २०१२ मा यो एप्पल आईफोन ५ सँग सुसज्जित थियो । आइफोन ५ लाई ३० पिन चार्जिङको सट्टा एल्युमिनियम निर्मित डिजाइन र रिभर्सिबल लाइटनिङ पोर्टको साथ प्रस्तुत गरिएको थियो । सोही वर्ष कम्पनीले ३.५ इन्चको सट्टा ४ इन्चको डिस्प्ले साइज भएको आइफोन सार्वजनिक गरेको थियो । अर्थात् ११ वर्षमा पहिलो पटक कम्पनीले चार्जिङ पोर्टको विषयमा कुनै परिवर्तन गरेको हो ।

यस पटक आईफोन १५ सिरिजमा धेरै परिवर्तन गरिएको छ । यस पटक डायनामिक आइल्याण्ड आईफोन १५ सिरिजका सबै मोडलहरूसँग उपलब्ध हुने घोषणा गरिएको छ । यसबाहेक, सबै फोनहरूमा टाइप-सी पोर्ट छ । आइकोनिक साइलेन्ट बटनलाई आईफोन १५ सिरिजका प्रो मोडलहरूबाट हटाइएको छ । साथै नियमित मोडल पनि यसपटक ४८ मेगापिक्सेलको क्यामेरासहित लन्च गरिएको छ ।

त्यस्तै एप्पलले यस अवसरमा नेक्ट जेनेरेसन एप्पल वाच पनि लन्च गरको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय