• २०८१ बैशाख १६ आइतबार

अमेरिकी राष्ट्रपति बाइडेनमाथि महाअभियोगका लागि सभामुखले दिए छानबिनको अनुमति

kharibot

वासिंग्टन डिसी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पपछि अब जो बाइडेन पनि समस्यामा परेका छन् । 

अमेरिकी संसदका सभामुख केभिन म्याकार्थीले राष्ट्रपति बाइडेनविरुद्ध महाभियोगको छानबिन सुरु गर्न अनुमोदन गरेका छन् । विदेशी सञ्चारमाध्यमका अनुसार म्याकार्थीले बाइडेन परिवारको व्यापारिक कारोबारबारे छानबिन सुरु गर्न निर्देशन दिएका हुन ।

म्याककार्थीले मंगलबार अमेरिकाको क्यापिटल हिलमा भने, 'म आज राष्ट्रपति बाइडेन विरुद्ध औपचारिक महाभियोग अनुसन्धान सुरु गर्न हाउस कमिटीहरूलाई निर्देशन दिइरहेको छु।' 

म्याकार्थीले हाउस ओभरसाइट र एकाउन्टेबिलिटी कमिटीका अध्यक्ष जेम्स कमरले अनुसन्धानको निरीक्षण गर्ने बताए। हाउस न्यायिक समितिका अध्यक्ष जिम जोर्डन र हाउस वेज र मीन्स समितिका अध्यक्ष जेसन स्मिथले जेम्स कमरलाई सहयोग गर्नेछन्। तर, ह्वाइट हाउसले महाभियोग अनुसन्धानको विरोध गरेको छ । 

समाचार अनुसार बाइडेनले सन् २००९ देखि २०१७ सम्म अमेरिकाको राष्ट्रपति कार्यालयमा रहँदा आफ्ना छोरा हन्टर बाइडेनलाई विदेशी व्यापारमा फाइदा पुर्याएको आरोप छ । रिपब्लिकनहरूले पनि यस वर्ष लामो समयसम्म यस विषयमा अनुसन्धान गरेका थिए, जसमा बाइडेन विरुद्ध प्रमाण फेला पर्न सकेका थिएनन ।

तर, मंगलबार म्याकार्थीले प्रमाण ल्याउने बताए । म्याकार्थीले भने कि रिपब्लिकनहरूले फोन कल र पैसा स्थानान्तरणसहित अन्य प्रमाणहरू प्रस्तुत गरेका छन् जसले बाइडेन परिवार विरुद्ध भ्रष्टाचारको मुद्दा बनाउँदछ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै