काठमाडौँ । पोल्याण्डले मुख्य प्रशिक्षक फेर्नानडो सान्तोषलाई बर्खास्त गरेको छ ।
युरोकप छनौटका खेलमा पोल्याण्डको शुरुवाती प्रदर्शन राम्रो नभएपछि ६८ बर्षिय प्रशिक्षक सान्तोषलाई बर्खास्त गरेको हो ।
पोल्याण्डले युरोकप छनौटका ५ मध्ये ३ खेलमा हार बेहोर्दै खराब शुरुवात गरेको थियो । पछिल्लो पटक सोमबार अल्बानियासँग २-० को हारपछि नै सान्तोषलाई हटाउने तयारी गरिएको थियो । योसँगै पोल्याण्डको प्रशिक्षकको रुपमा सान्तोषको छोटो कार्यकाल सकिएको छ ।
उनी गत जनवरीमा पोल्याण्डको प्रशिक्षक बनेका थिए । उनको नेतृत्वमा पोल्याण्डले खेलेका ६ खेलमा ३ खेलमा जित हासिल गरेको थियो ।
त्यसअघि सान्तोष ८ बर्ष पोर्चुगलको राष्ट्रिय टिमको प्रशिक्षक बनेका थिए । तर गत विश्वकपमा उनले गरेका निर्णय विवादस्पद मात्र बनेनन् पोर्चुगलको विश्वकपबाट क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएर बहिर्गमन समेत भएको थियो ।
विश्वकपमा क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि उनको आलोचना भएको थियो ।