• २०८१ जेठ ३ बिहीबार

गण्डकीका मुख्यमन्त्री र युएनडिपीका प्रमुख आवासीय प्रतिनिधिको भेटवार्ता

kharibot

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी)का नेपालस्थित आवासीय प्रतिनिधि आईसानी मेदागंगोडा लाबेबीच मुस्ताङको कागबेनी पुनः निर्माण र पुनर्स्थापनाका विषयमा पोखरामा छलफल भएको छ। 

गत साउन २८ गतेकागवेनी क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको र सो क्षति तथा सहयोगका विषयमा दुई पक्षीय छलफल भएको बताइएको छ।

छलफलका क्रममा मुख्यमन्त्री पाण्डेले स्थानीयले भोग्नुपरेको सास्ती, सामुदायिक सरकारी संरचनाहरूको क्षतिका बारेमा बताउँदै सहयोगका लागि युएनडिपीको ध्यानाकर्षण गराएका थिए।

प्रदेश सरकारको सीमित स्रोत र साधनका भए पुन निर्माणका सबै काम तत्काल पूरा गर्न सहज नभएकाले दातृ निकायले सरकारको योजनाअनुसार सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिए। 

युएनडिपीका नेपाल प्रमुख लाबेले गण्डकी प्रदेश भित्र सञ्चालित परियोजनाको बारेमा जानकारी गराउँदै युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने बताए। 

भेटका अवसरमा फोहोरमैला व्यवस्थापन, जलवायु परिवर्तन कालीगण्डकी कोरिडोरमा जीवनयापन तथा आय आर्जन सम्बन्धी कार्यक्रमका बारेमा छलफल भएको थियो। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै