• २०८१ जेठ ८ मंगलबार

प्रस्तावित न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन

kharibot

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्मालाई अनुमोदन गरेको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सर्वसम्मत अनुमोदन गरेको हो ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

न्याय परिषद्ले दोस्रो पटक शर्माको नाम सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

समितिले  १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो तर उक्तविरुद्ध कुनै पनि उजुरी परेन । शर्माले समितिसमक्ष आफ्नो कार्यकालमा न्यायपालिकाप्रतिको निष्ठा र आस्थालाई कायम राख्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

ओखलढुङ्गा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषद्को बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै