• २०८१ बैशाख १५ शनिबार

ला लिगामा रियल म्याड्रिडको शतप्रतिशत जित

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल सोसियडाडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडमाथि २-१ गोल अन्तरको कमब्याक जित हासिल गरेको हो ।

रियल सोसियडाडले खेलको पाँचौं मिनेटमा एण्डर बारेनेटक्सको गोलमा शुरुवात अग्रता लिएको थियो । त्यसपछि रियल म्याड्रिडले खेलको दोस्रो हाफमा कमब्याक गर्दै २ गोल गरेको थियो । रियल म्याड्रिडका लागि फेडेरिको भालभेर्डे र जोसेलुले एक एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिड लिगको शिर्ष स्थानमा उक्लिएको छ । रियल म्याड्रिडले अहिलेसम्म ला लिगामा शतप्रतिशत जित निकाल्दै ५ खेलमा १५ अंक हासिल गरेको छ ।

त्यसैगरी रियल सोसियडाडको भने यो यस सिजनमा तेस्रो हार हो । यो हारपछि रियल सोसियडाडको ५ खेलमा ६ अंक रहेको छ र लिगमा ११औं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै