• २०८१ श्रावण १२ शनिबार

हराएको महँगो अमेरिकी लडाकु विमानको भग्नावशेष भेटियो

kharibot

फाइल तस्बीर

काठमाडौँ । आइतबार उडानका क्रममा बेपत्ता भएको अमेरिकी वायुसेनाको एफ–३५ लडाकु विमानको भग्नावशेष साउथ क्यारोलिनामा भेटिएको थियो ।

साउथ क्यारोलिनाको दुई ताल नजिकै विमानको भग्नावशेष जोइन्ट बेस चार्ल्सटनको दुई घण्टा उत्तरपूर्वमा फेला परेको बताइएको छ । आइतबार उडानका क्रममा एउटा लडाकु विमान बिग्रिएको थियो । यसपछि पाइलटले आफूलाई विमानबाट बाहिर निकाले र लामो समय अटो मोडमा उडेको लडाकु विमान त्यसपछि बेपत्ता भएको थियो ।

विमान कसरी बिग्रियो र कसरी दुर्घटना भयो भन्ने विषयमा अनुसन्धान भइरहेको अमेरिकी मिडियाले बताएका छन् ।

एफ-३५ लडाकु विमान लकहिड मार्टिनले बनाएको हो । यो विमानको निर्माण सन् २००६ मा सुरु भएको थियो र सन् २०१५ देखि यो अमेरिकी वायुसेनाको महत्वपूर्ण लडाकु विमान हो ।

एफ-३५ लडाकु विमान अमेरिकी रक्षा विभाग पेन्टागनको इतिहासमा सबैभन्दा महँगो विमान हो । यो लडाकु विमान अहिलेसम्मका सबै विमानभन्दा आधुनिक र महँगो छ । त्यसलाई बनाउन अर्बौं रुपैयाँ बजेट खर्च भएको बताइएको छ । २०१३ मा, सरकारको जवाफदेहिता विभागले यसलाई जोखिमपूर्ण निर्णय भनेको थियो । यो विमानको अहिले प्रति विमान निर्माणको न्युनतम लागत ८० मिलियन डलर रहेको छ । यसको मर्मत सम्भार पनि कठिन रहेको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै