• २०८१ जेठ २ बुधबार

सडकमा रातो पोतेर शुरु भयो रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा

kharibot

तस्बीर: रासस

काठमाडौँ । रत्नपार्क–सूर्यविनायक सडक खण्डमा रातो रङ पोतेर द्रुत बस सेवा संचालन गरिएको छ । सडक विभागले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सेवालाई व्यवस्थित गर्न सडकमा रातो मार्क गरेर द्रुत बस सेवा बुधबारदेखि सञ्चालनमा ल्याएको हो ।

काठमाडौँको शान्तिबाटिकामा आयोजित एक समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले रत्नपार्क–सूर्यविनायक द्रूत बस सेवाको शुभारम्भ गरेका छन् ।

अब रत्नपार्क–सूर्यविनायक सडक खण्डमा बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म द्रूत बस सेवा सञ्चालन हुने बताइएको छ । विभागका अनुसार प्रत्येक ५ मिनेटको अन्तरमा बसहरू छुट्नेछन् भने ४० सिटभन्दा बढी क्षमताका बसहरूलाई यो सेवामा समावेश गरिएको छ । त्यसरी सञ्चालन भएका बसहरूले यो खण्डमा यात्रुलाई तोकिएका ठाउँमा ओराल्ने र चढाउनेबाहेक रोकेर राख्ने छैनन् भने सडकमा ती बसहरूलाई एम्बुलेन्ससरहको सुविधा दिइएको छ । यी बसहरू सडक रातो बत्तीमा समेत नरोकिने बताइएको छ ।

अब द्रुत सेवा अन्तर्गत १३ किमि दूरी रहेको रत्नपार्कदेखि सूर्यविनायकसम्मको यात्रा ४५ मिनेटमै पुरा हुने छ ।

आज यस सडक खण्डमा दुई बस सञ्चालन गरिएको छ भने बिहीबारदेखि नियमित सेवा प्रारम्भ हुने यातायात व्यवस्था विभागका महानिर्देशन उद्धवप्रसाद रिजालले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै